Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार पनि दुई हजारभन्दा बढी कोरोना संक्रमित थपिए, निको हुनेको संख्या पनि उल्लेख्य

$
0
0

काठमाडौं, १७ असोज । नेपालमा लगातार दोस्रो दिन दुई हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

शनिबारसम्म ४ हजार २७३ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ६१ हजार ६६४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शनिबार पनि दुई हजारभन्दा बढी कोरोना संक्रमित थपिए, निको हुनेको संख्या पनि उल्लेख्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images