Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चितवनमा उपचाररत दुईजना कोरोना संङ्क्रमितको मृत्यु

$
0
0

चितवन, १६ असोज । चितवनमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।

श्‍वासप्रश्‍वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।

The post चितवनमा उपचाररत दुईजना कोरोना संङ्क्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles