Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

के यौन सम्पर्कबाट कोरोना सर्छ ?

$
0
0

काठमाडौं, १६ असोज । कोभिड-१९ संक्रमणमा यौन गतिविधिको भूमिका हुन्छ कि हुँदैन ? यो आम जिज्ञासाको विषय हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. संगीता मिश्राका अनुसार यौन सम्पर्कबाट कोरोना संक्रमण हुन्छ कि हुँदैन भन्नेबारे अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।

‘केही केसहरुमा भाइरस वीर्य वा शुक्राणुमा फेला परेको त छ तर शुक्राणुमा भाइरस सक्रिय अवस्थामा रहेको वा नरहेको यकिन गर्न सकिएको छैन,’ डा. मिश्रा भन्छिन्, ‘त्यसैले अहिलेसम्म यौन सम्पर्कबाट फैलन्छ भन्ने कुराको कुनै प्रमाण छैन ।’

कतिपय चिकित्सकहरुले सामान्य सुझबुझ प्रयोग गरेर नयाँ मानिससँग यौन सम्पर्क नगर्नु नै उपयुक्त हुने बताउँछन् । अघिदेखि नै सम्बन्धमा रहेको र दुवैलाई संक्रमणको लक्षण नदेखिएको अवस्थामा यौन सम्पर्क गर्न हच्किनु नपर्ने उनीहरुको सुझाव रहने गरेको छ । तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने लक्षण देखिएको व्यक्ति घरमै पनि एकान्तवासमा बस्नुपर्छ।

आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्न नहुने चिकित्सकहरुको तर्क रहने गरेको छ । ‘यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ,’ उनले भने ।

कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण नदेखिने भएकोले एकदमै ठिक देखिएको मानिसले पनि अरुलाई चुम्बन गर्दा भाइरस सर्न सक्छ ।

The post के यौन सम्पर्कबाट कोरोना सर्छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles