Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

$
0
0

काठमाडौं, १६ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि पाँचजनाको ज्यान गएको छ ।

शुक्रबार ज्यान गुमाउनेमा ४ महिला र ७ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

मृत्यु हुनेमा भक्तपुरकी ५१ र ६१ वर्षीया दुई महिला रहेका छन् भने काठमाडौंकी ६७ वर्षीया महिला तथा ललितपुरका ३२ र ७० वर्षीय दुई पुरुष छन् ।

त्यसैगरी सुर्खेतकी ७५ वर्षीया महिला, मोरङका २७ वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय तथा बाँकेका ५२ र ५९ वर्षीय दुई पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा शुक्रबार २७२२ जना कोरोना संक्रमित थपिँदा ३३०७ जना निको भएका छन् ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । अहिले सक्रिय संक्रमित २१ हजार २३४ जना रहेका छन् भने ६० हजार ६९६ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles