काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्मकै सर्वाधिक दैनिक संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।
शुक्रबारसम्म ४ हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ७३९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ४८ हजार ६८६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ ।
The post नेपालमा एकैदिन २७२२ कोरोना संक्रमित थपिए, ३३०७ जना निको appeared first on Sajha Post.