काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक १ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ६२७ महिला र १०११ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १ हजार २८० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ललितपुर र भक्तपुरका दुईदुईजना तथा काठमाडौंका एकजना संक्रमितको मृत्यु भएको छ । उपत्यकाका ५ सहित देशभर ११ जनाको ज्यान गएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
The post काठमाडौं उपत्यकामा एकैपटक थपिए १६३८ कोरोना संक्रमित, थप पाँचजनाको मृत्यु appeared first on Sajha Post.