काठमाडौं, १५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३२८ महिला र ६१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ८१७ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका दुई जना तथा भक्तपुर र ललितपुरका एक-एकजना पुरुष गरी उपत्यकामा ४ जनाको मृत्यु भएको छ । उपत्यकाका ४ सहित देशभर ११ जनाको ज्यान गएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १९११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
The post काठमाडौं उपत्यकामा एकैपटक थपिए ९४३ कोरोना संक्रमित, चारजनाको मृत्यु appeared first on Sajha Post.