Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पछिल्लो २४ घण्टामा काठमाडाैंसहित कुन जिल्लामा कति संक्रमित थपिए

$
0
0

काठमाडाैं, १५ असोज ।  पछिल्लो २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ६८ र भक्तपुरमा ५८, मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ जनासहित अन्य विभिन्न  ५७ जिल्लामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ । यस्तै हालसम्म ५७ हजार ३८९ जना कोरोना मुक्त हुँदा देशभर सक्रिय संक्रमिमतको संख्या २१ हजार ८३० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेको जानकारी दिए । यस्तै हाल देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेको उनले बताए ।



The post पछिल्लो २४ घण्टामा काठमाडाैंसहित कुन जिल्लामा कति संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles