Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

$
0
0

काठमाडौं, १५ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा एक महिला र दस पुरुष रहेका छन् । उपत्यकामा पनि ४ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा काठमाडौंका ६८ र ७८ वर्षीय पुरुष, ललितपुरका ४८ वर्षीय र भक्तपुरका ६८ वर्षीय पुरुष छन् ।

त्यसैगरी बाँकेकी ३४ वर्षीया महिलाको पनि संक्रमणका कारण ज्यान गएको छ भने सुनसरीका २७, ५० र ५६ वर्षीय तीनजना पुरुष तथा रुपन्देहीका ४२, ५५ र ८० वर्षीय तीनजना पुरुषको पनि मृत्यु भएको छ ।

नेपालमा बिहीबार १९११ जना कोरोना संक्रमित थपिँदा ९६१ जना निको भएका छन् ।

बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । अहिले सक्रिय संक्रमित २१ हजार ८३० जना रहेका छन् भने ५७ हजार ३८९ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles