काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।
बिहीबारसम्म ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ हजार ८३० जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ४४४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ३३ हजार ९४७ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बिहीबार १९११ कोरोना संक्रमित थपिए, ९६१ जना निको हुँदा ११ जनाको मृत्यु appeared first on Sajha Post.