काठमाडौं । हामी भागदौडको जीवन बाँचिरहेका छौं । यसले हामीलाई हाम्रो आफ्नै स्वास्थ्यबारे सोच्न पनि समय दिइरहेको छैन ।
एकपटक छातीमा हात राखेर सोचौं त, अहिलेको हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यलाई कति जर्जर बनाइरहेको छ । आयुर्वेद विज्ञानका अनुसारका यी ९ नियमलाई पालना गर्दा मानव जीवन स्वस्थ रहन्छ ।
१. फोक्सो पुरै फुलाएर श्वास लिनुहोस् । यसो गर्नाले शरीरलाई पर्याप्त अक्सिजन मिल्छ र फोक्सो पनि स्वास्थ्य रहन्छ ।
२. दिनमा १/२ मनतातो पानी पिउनुहोस् । यसले पाचन प्रक्रियामा सुधार आउँछ र मुटुसम्बन्धी रोगबाट बचाउँछ ।
३. प्रत्येक बिहान ७ देखि ९ बजेसम्ममा नास्ता लिनुहोस् । यसले मष्तिस्कलाई स्वास्थ्य राख्छ र शरीरलाई ऊर्जा मिल्छ ।
४. दैनिक ठिक समयमा खाना खानुहोस् । खानामा एक पटकमा एकै खालको खाना मात्र खानुहोस् । धेरै प्रकारका खानेकुरा एकै पटक नखानुहोस् ।
५. खाना खाएपछि लगभग ४० मिनेटसम्म पानी नपिउनुहोस् । यसो गर्नाले सही तरिकाले खाना पच्छ ।
६. खाना खाए लगत्तै मेहेनत लाग्ने वा नुहाउने काम नगर्नुहोस् ।
७. दैनिक ३० मिनेट घाममा बस्नुहोस् ।
८. दिनभर मेरुदण्डलाई सही पोस्चरमा राख्नुुहोस् । यसले ढाड दुख्ने समस्या हुँदैन ।
९. प्रत्येक दिन ८ देखि ९ घण्टाको निन्द्रा लिन आवश्वक हुन्छ । सुत्ने कोठामा हावाका लागि भेन्टिलेटरलाई खुल्ला राख्नुहोस् ।
The post स्वस्थ बन्न अपनाउनुहोस् यी ९ आनीबानी appeared first on Sajha Post.