काठमाडौं । पाकेको केरा हामी सबैले खाएका छौं । पाकेको तुलनामा काँचो केरा खाने मानिसहरु निकै कम छन् । केहीले काँचो केरालाई तरकारीको रुपमा खाने गरेपनि अधिकांश मानिसहरुले काँचो केरा सेवन गर्दैनन् । त्यस्तै आज हामी तपाईलाई काँचो केरा सेवन गर्नुको फाइदाहरुबारे जानकारी दिनेछौं ।
काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्न सहयोग गर्छ ।
कब्जियतका समस्या भएका मानिसहरुले काँचो केरा खानु फाइदाजनक मानिन्छ ।
काँचो केराको सेवनले धेरै प्रकारको क्यान्सरबाट बचाउन सहयोग गर्छ ।
नियमित रुपमा यसको सेवन गरेमा पाचन क्रियामा सुधार ल्याउँछ ।
यसमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हड्डी बलियो बनाउनुका साथै बढाउन समेत सहायक भूमिका खेल्छ ।
The post तपाईलाई थाहा नहुन सक्छ काँचो केरा खानुको यी फाइदा appeared first on Sajha Post.