काठमाडौं । तपाईं स्वास्थ्य बिग्रने डरले समोसा खानु हुन्न ? यस्तो भइरहेको छ भने तपाईंले यी कुराहरुलाई दिमागबाट हटाइदिनुहोस् । पछिल्लो समय जन्क फुडप्रति नेपालीको पनि लगाव बढ्दै गइरहेको छ । समोसा छाडेर बर्गर खाने चलन नयाँ पुस्तामा झनै बढिरहेको छ ।
नेपालमा जस्तै भारतमा पनि यही समस्या छ । त्यहाँको एउटा संस्थाले गरेको अनुसन्धानका अनुसार विदेश स्न्याक्स बर्गरको तुलनामा समोसा स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक रहेको पाइएको छ ।
सेन्टर फर साइन्स एण्ड इन्भायरमेन्ट (सिएसई) नामको अनुसन्धान केन्द्रले केही समय अगाडिको समोसा र बर्गरमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानबाट बर्गरको तुलनामा समोसा खानु बढी स्वास्थ्यबर्द्धक देखिएको छ ।
अनुसन्धानमा समोसा बनाउने विधिमा ताजा र केमिकल मुक्त तरिका रहेको पाइयो । शुद्ध गहुँको आँटा, उसिनिएको आलू, केराउ, नुन, मरिच, मसाला, खुर्सानी र सब्जीको तेल वा घिऊ जस्ता वस्तुहरु समोसा बनाउँदा प्रयोग गरिएको पाइयो । यिनीहरु स्वास्थ्यका लागि हानिकारक छैनन् ।
तर, बर्गर बनाउन शुद्ध गहुँको आँटा चिनी, गहुँको लस, भेजिटेबल तेल, यिस्ट, नुन, भटमासको आँटा, तिलको दाना, सब्जीहरु, मायोनेज, पनिर र आलुलगायतको प्रयोग गरिएको हुन्छ । यिनीहरुमध्ये कतिपय वस्तुहरु स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।
The post बर्गरभन्दा बढी स्वस्थ हुन्छ, समोसा, यस्ता छन् कारणहरु appeared first on Sajha Post.