बजारमा नक्कली अण्डा बिक्री भइरहेको तपाईंले सुन्नुभएकै होला । कृत्रिम अण्डा बेच्ने गिरोह पछिल्लो समय भारतमा ठूलै सवाल बनिरहेको छ । तीनतिर सीमा जोडिएको यो समस्या नेपालमा पनि हुनसक्छ ।
त्यसैले एउटा सचेत उपभोक्ताको रुपमा हामी सजग रहनै पर्दछ । किनकी त्यस्तो अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यहाँ यस्ता केही तथ्यहरुबारे उल्लेख गर्न लागिएको छ, जसबाट तपाईंले खाइरहनुभएको अण्डा कृतिम हो कि सक्कली हो, सजिलै चिन्न सक्नुहुनेछ ।
- सक्कली अण्डाको बोक्रा असाध्यै चम्किलो हुँदैन । जबकि नक्कली अण्डाको बोक्रा एकचमै चम्किलो र उज्यालो देखिन्छ ।
- सक्कली अण्डाको सतहमा छुँदा नरम र चिल्लोजस्तो लाग्छ भने कृतिम अण्डाको सतह अलि खस्रो लाग्नेछ ।
- सक्कली अण्डा हल्लाउँदा कुनै आवाज आउँदैन । नक्कली अण्डा हल्लाउँदा भित्र केही हल्लिएको आवाज आउँछ ।
- सक्कली अण्डा केलाउँदा वा नंग्याउँदा पहेंलो भाग छुट्टै देखिन्छ । नक्कली अण्डामा पहेंलो र सेतो झोल मिलेको जस्तो देखिन्छ ।
- नक्कली अण्डाको बोक्रा वा खबटा छिट्टै डढ्छ । यो बढी तात्दा वा जल्दा प्लास्टिक बल्दा आउनेजस्तो गन्ध आउँछ ।
The post कतै नक्कली अण्डा त खाइरहनुभएको छैन तपाई ? यसरी थाहा पाउनुहोस् केवल २ मिनेटमा appeared first on Sajha Post.