Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मुटुलाई यसरी माया गर्नुहोस्

$
0
0

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

अथवा यसले बिरामीको तत्कालै मृत्यु त हुँदैन् तर उसको जिन्दगीमा खतरा बढ्छ । यस्तोमा समय छँदै सम्हालिन जरुरी हुन्छ । यसको लागि हरेक व्यक्तिले हार्ट फेलियरको संकेत जान्नु जरुरी छ ।

विशेषज्ञहरुकाअनुसार धेरैजसो केसमा हार्ट फेलियरको संकेट १५ दिन या यसभन्दा पनि पहिले देखिन थाल्छ । यदि समयमै यसलाई पहिचान गरेर उपचार सुरु गर्ने भने यसले जिन्दगीमाआउन सक्ने सम्भावित खतराबाट बचाँउछ ।

हार्ट अट्याक
हार्ट अट्याक तब हुन्छ जब मुटुको धमनी ब्लक हुनाले रगत मुटुसम्म पुग्न पाँउदैन । तर ब्लकेज धेरै भयो वा समयमै यसको ब्लकेज हटाइएन भने मुटुले काम गर्न छोड्छ र बिरामीको मृत्यु पनि हुन सक्छ ।

कार्डियक एरेस्ट
जब मुटु धड्किन बन्द गर्छ तब यसलाई कार्डियक एरेस्ट भनिन्छ । मुटुको धड्कनको लागि एक इलेक्ट्रिकल तरंग जो जिम्मेवार हुन्छ । जब यो तरंग रोकिन्छ तब मुटु पनि धड्किन बन्द हुन्छ । यसले बिरामीको मृत्यु पनि हुन सक्छ ।

हार्ट फेलियर
यसमा मुटुको पम्प गर्ने क्षमता कमजोर हुन्छ । यसले बिरामीको तुरुन्त मृत्यु भइ हाल्दैन तर समय बाँकि छँदै उपचारको जरुरी हुन्छ । लापरबाही गरेमा यो घातक हुन सक्छ ।

हार्ट फेलियरको संकेत के के हुन त ?
बिना कारण थकाइ
हार्ट फेलियर हुनाले ब्लडमा अक्सिजनको कमी हुन थाल्छ र यस्तोमा बिनाकारण थकाइ र कमजोरी महसुस हुन्छ ।

मुटुको धड्कन बढ्ने
मुटुमा रगतको पर्याप्त सप्लाइ नहुनाले मुटुको धड्कन बढ्न थाल्छ ।

भोक नलाग्ने
मुटुले सही तरिकाले रगत पम्प गर्न नसकेमा मश्तिष्कसम्म सही तरिकाले रगत सप्लाइ हुन सक्दैन् । यस्तोमा मश्तिष्कले भोक लागेको संकेत दिन पाँउदैन ।

अनुहार र खुट्टा सुन्निने
शरीरमा सही तरिकाले रगत सप्लाई नहुनाले अनुहार र खुट्टा सुन्निन थाल्छ ।

सास फेर्न समस्या हुने
शरीरमा रगतको सर्कुलेसन बिग्रनाले फोक्सोमा पानी भरिन थाल्छ । यस्तोमा सास फेर्नमा गाह्रो हुन्छ ।

खोकीको समस्या
फोक्सोमा पानी भरिनाले खोकीको समस्या देखिइरहन्छ । यो हार्ट फेलियरको संकेत हुन सक्छ ।
मुटु स्वस्थ राख्ने ८ तरिका
– वजन कम गर्ने
– तनाव कम गर्ने
– नियमित शारीरिक अभ्यास गर्ने
– ब्लड प्रेसर नियन्त्रण गर्ने
– डायबिटिज नियन्त्रण गर्ने
– राम्रोसँग निदाउने
– धुम्रपान नगर्ने
– मदिरा नपिउने

-विभिन्न विशेषज्ञहरुको सहयोगमा

The post मुटुलाई यसरी माया गर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles