बाँके, ६ असोज । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।
योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् ।
यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।
The post बर्दियाका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु appeared first on Sajha Post.