Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सुत्नुअघिका यी पाँच बानीले पनि घटाउँछ मोटोपना

$
0
0

आजकाल मानिसहरु समय र खानपिन नमिल्नाले आफ्नो शरीर एवम् स्वास्थ्यको ख्याल कमै राख्ने गर्छन् । यसले गर्दा धेरैजसो मानिसहरुमा मोटोपनाको समस्या देखिएको छ । व्यस्ताका कारण उनीहरुले शारीरिक व्यायाम गर्ने समय नपाएकाले पनि यो एक चिन्ताको विषय बन्न पुगेको हो ।

आज हामी त्यस्ता पाँच तरिकाहरु बताउन जाँदैछौं, जुन सुत्नु अघि तपाईहरुले अपनाउनुभयो भने तपाईको मोटोपनामा सुधार आउनेछ ।

१. सुत्नुअघि पिरो खानेकुरा वा खुर्सानी खाने । पिरोले शरीरको बोसो कम गर्ने हुनाले यो तरिका फाइदाजनक मानिन्छ ।
२. राति ग्रिन टि पिएर सुत्दा पनि शरीरको मेटाबोलिज्म बढ्ने हुँदा यसले पनि मोटोपना कम गर्न सहयोग गर्छ ।
३. निन्द्रा पूरा हुनाले पनि मोटोपना घटाउन सहयोग गर्छ त्यसैले पूरा सुत्ने कोशिश गर्नुपर्छ ।
४. सुत्नुअघि ध्यान गरे, नुहाए र राम्रो संगीत सुनेर आफ्नो शरीर एवम् दिमागलाई स्वतन्त्र गराइयो भने पनि राम्रो निन्द्रा लाग्छ र मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
५. रातिको खाना सकेसम्म चाँडै खाने । ढिलो खाना खानाले पनि तपाईको मेटाबोलिज्ममा असर पर्न सक्छ ।

The post सुत्नुअघिका यी पाँच बानीले पनि घटाउँछ मोटोपना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles