काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७ जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनहरुमा संक्रमणको दर व्यापक रुपले बढेसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३००० नाघिसकेको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२२८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
The post काठमाडौं उपत्यकामा एकैदिन थपिए ४४५ जना कोरोना संक्रमित appeared first on Sajha Post.