चितवन, १८ भदौ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज सिएमसीमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नवलपरासी पूर्व (नवलपुर)को गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
भदौ ९ गते अस्पताल भर्ना भएका ती पुरुष मृगौलाको रोगी समेत थिए । उनमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि बिहीबार विहान मात्र चितवनको भरतपुर ११ की महिलाको पनि सिएमसीमै उपचारका क्रममा मृत्यु भएको थियो ।
The post सिएमसीमा उपचाररत नवलपुरका कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.