Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहिबार थपिएका संक्रमित कुन जिल्लामा कति ?

$
0
0

काठमाडौं, १८ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जना संक्रमित भेटिएसंगै कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा ६ र सुनसरीमा २७ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ६४, पर्सामा ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १ र सर्लाहीमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा ३ सय ५७, काभ्रेमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जना संक्रमित देखिएका  छन्।

यसैगरी, गण्डकी प्रदेशको कास्कीका ३१, गोरखाका ५, तनहुँका ३, नवलपरासी पूर्वका ६, लमजुङ ९ र बागलुङका १ जना कोरोनाका बिरामी थपिएका छन् ।

प्रदेश ५ को कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, बर्दियाका ५, बाँकेका ८ र रुपन्देहीका ५२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको कालीकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जनामा कोरोना भेटिएको  छ ।

यस्तै सुदूरपश्चिमको अछाममा ६, कञ्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १० र बैतडीमा २ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १८ हजार ४ सय १३ सक्रिय संक्रमित छन् ।

The post बिहिबार थपिएका संक्रमित कुन जिल्लामा कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images