काठमाडौं, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९१७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।
बिहीबारसम्म ६ हजार ७४९ जना क्वारेन्टाइनमा रहेका छन् भने १८ हजार ४१३ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ४१३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ७ लाख ३१ हजार ८५२ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५७ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बिहीबार थप १२२८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४२ हजार नाघ्यो appeared first on Sajha Post.