Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

$
0
0

काठमाडौं, १७ भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

बितेको २४ घण्टामा मृत्यू हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चितवनकी ५५ र १८ वर्षीया दुईजना, काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७०, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिला रहेका छन् ।

मृत्यू हुने ६ जना पुरुषमा बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय दुईजना र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ भने १८ हजार १०८ जना संक्रमित रहेका छन् । सोमबार १११२ जना निको हुँदा १ हजार १२० जना संक्रमित थपिएका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles