Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

$
0
0

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५० जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पछिल्ला दिनहरुमा संक्रमणको दर व्यापक रुपले बढेसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३००० नाघिसकेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ११२० जना कोरोना संक्रमित  थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images