काठमाडौं, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
बुधबारसम्म ६ हजार ७६६ जना क्वारेन्टाइनमा रहेका छन् भने १८ हजार १०८ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ८७९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ७ लाख १८ हजार ४३९ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५१ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बुधबार थपिए ११२० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४१ हजार नाघ्यो appeared first on Sajha Post.