काठमाडौं, १७ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म ६ हजार ७६६ जना क्वारेन्टाइनमा रहेका छन् भने १८ हजार १०८ जना आइसोलेसनमा रहेका छन् ।
The post नेपालमा कोरोना निको हुनेको संख्या उत्साहजनक, बुधबार मात्रै १,११२ जना डिस्चार्ज appeared first on Sajha Post.