Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्यानिटाइजर उपभोक्तासम्म पुर्‍याउन सकस

$
0
0

काठमाडौं, २७ चैत । नेपाल औषधि लिमिटेडलाई कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर उपभोक्तासम्म पुर्‍याउन सकस भएको छ ।

लकडाउनका कारण ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको लिमिटेडले जनाएकाे छ ।

लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ । उपत्यका बाहिरबाट माग दिनहुँ आइरहे पनि कसरी पुर्‍याउने भन्नेमा लिमिटेडलाई अन्योल भएको छ ।

‘माग आएको आयै छ, कसरी पुर्‍याउने भन्ने समस्या छ’, लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, ‘उपत्यका बाहिर ढुवानी गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसित छलफल भइरहेको छ ।’

हाल लिमिटेडले एक सय मिलीलिटरको बोतल दैनिक २० हजारसम्ममा उत्पादन गरिरहेको छ । लिमिटेडको दैनिक ५० हजार बोतल उत्पादन गर्न सक्ने क्षमता छ । लिमिटेडले विभिन्न उद्योगसित अल्कोहल खरिद गरी स्यानिटाइजर उत्पादन गर्ने गरेको छ । लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्यानिटाइजर उत्पादन गरिरहेको छ ।

‘दैनिक १० हजारदेखि १२ हजार बोतल खपत भइरहेको छ’, बज्राचार्यले भने, ‘धेरै उत्पादन ग¥यो भने पनि उपभोक्तासम्म पुर्‍याउनै सकिन्न ।’ स्यानिटाइजर हाल्न १०० मिलीलिटर अटाउने बोतल मात्र काठामाडौँमा उत्पादन हुन्छ । यो भन्दा बढी अटाउने बोतल यहाँ उत्पादन हुँदैन । ठूलो बोतल सबै भारतबाट मगाउनुपर्ने हुन्छ ।

‘लकडाउनका कारण ठूलो बोतल भारतबाट ढुवानी गर्न सकेका छैनौँ’, निमित्त महाप्रबन्धक बज्राचार्यले भने, ‘भारतबाट बोतल आयात गर्न मन्त्रालयले पहल गरीदिए सजिलो हुन्थ्यो ।’ लिमिटेडको हारगुहारपछि सानो बोतल उत्पादन गर्न काठमाडौँका उद्योग तयार भएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने स्थितिलाई ख्याल गर्दै लिमिटेडले चैत ११ गतेदेखि स्यानिटाइजर उत्पादन थालेको हो । ‘आपतकालीन अवस्थाको ख्याल गर्दै हामी आफँले निर्णय गरेर उत्पादन थालेका हौँ’, बज्राचार्यले भने ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी लिमिटेडले ८२ कर्मचारीमध्ये एकतिहाइ मात्र स्यानिटाइजर उत्पादनमा खटाएको छ । ‘कार्यालयमा कर्मचारीको भीड लगाउन पनि भएन, त्यसैले थोरै कर्मचारीलाई मात्र खटाएका छौँ’, उनले भने ।

चितवन, हेटौँडा, पोखरालगायत क्षेत्रबाट दैनिक स्यानिटाइजरको माग भइरहेको लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईले बताए ।

लिमिटेडका अनुसार अहिले बजारमा उपलब्ध स्यानिटाइजरमा अल्कोहलको मात्रा ४० देखि ७० प्रतिशतसम्म मात्रै हो । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा त्यसको मात्रा ८० प्रतिशत रहेको निमित्त महाप्रबन्धक बज्राचार्यको दाबी छ ।

लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर उपत्यकाका सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, नेपाली सेना, प्रहरी, अस्पताललगायतले लग्ने गरेका छन् । बोतल सानो हुँदा अधिकांशले ठूलो भाँडोमा लिटरका हिसाबले खरिद गर्ने गरेको स्टोर प्रमुख भट्टराई बताउछन् ।

एक सय मिलीलिटर स्यानिटाइजरको मूल्य १७५ रुपैयाँ तोकिएको छ । लिमिटेडले स्यानिटाइजरसँगै सिटामोल, सिटाप्लस र जीवनजलसमेत उत्पादन गरिरहेका छ । तीन महिनायता २५ टन सिटामोल उत्पादन गरेकामा अब पाँच टन जति मौज्दात रहेको उनले बताए ।

The post स्यानिटाइजर उपभोक्तासम्म पुर्‍याउन सकस appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles