Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतमा कोरोना भाइरस भ्याक्सिनको जनावरमा प्रयोग सुरु

$
0
0


अहमदावाद, २६ चैत । कोरोना भाइरसविरुद्ध लडाई लडिरहेको संसारका लागि भारतबाट खुसीको खबर आएको छ । बुधबार त्यहाँ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको जनावरमा प्रयोग सुरु गरिएको हो । यसको नतिजा आउन ४ देखि ६ महिनामा आउने विश्वास लिइएको छ ।

गुजरातको जाइडस क्याडिला कम्पनीले उक् भ्याक्सिन बनाएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । यही कम्पनिले २०१० मा देशमा स्वाइन फ्लूको सबैभन्दा पहिलो भ्याक्सिन बनाएको थियो ।

उक्त कम्पनीले मार्च देखि नै कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गर्न लागिपरेको जनाएको थियो । कम्पनीका कार्यकारी निर्देशक शर्विल पटेलका अनुसार भ्याक्सिन विकाससँग परीक्षणको लागि समय लाग्ने भएकोले सफल हुने विश्वास लिएको बताए ।

The post भारतमा कोरोना भाइरस भ्याक्सिनको जनावरमा प्रयोग सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles