Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनुहारको निखार बढाउन गर्नुहोस् यी तीन योगाभ्यास

$
0
0

एजेन्सी । ताजा र सुन्दर अनुहारको चाहना सबैलाई हुन्छ । यसलाई बढाउन मानिसहरुले कति महंगा महंगा सौन्दर्य सामग्रीहरु खरिद गरी पैसा खर्च गर्छन् । तर यी सामग्रीहरुले सधैं सोचे जस्तो प्रतिफल ल्याउँदैनन् । यस्तो बेला सबैको अनुहारमा ताजापन र सौन्दर्यता ल्याउने एउटा राम्रो उपाय हो योगको अभ्यास । अनुहारमा निखार ल्याउन योगको साहारा लिँदा एकदमै फाइदाजनक हुन्छ । अनुहारमा ताजापन र सौन्दर्यता ल्याउनका लागि केही विशेष योगासनहरु छन् जसबारे आज हामी तपाईंहरुलाई जानकारी दिँदैछौं ।

१. हास्यासन

जोड जोडले हास्ने आसनलाई हास्यासन भनिन्छ । यो आसनको अभ्यासले अनुहारमा रंग चढाउँछ । हाँस्दाको समय शरीरका सबै ६०० मांसपेशीहरुको कसरत हुने गर्छ । एकदमै खुलेर आवाज निकालेर हाँस्दा फोक्सोमा धेरै अक्सिजन जान्छ र रगत पनि शुद्ध हुन्छ ।

२. सिंहासन

सिंहासनले अनुहारको सौन्दर्यतालाई बढाउँछ । यो आसन गर्नलाई बज्रासनमा बसेर घुँडालाई थोरै खोल्नुहोस्, अनि हातको औंलाहरुलाई सिंहको पञ्जाजस्तै खोलेर घुँडामाथि राखिदिनुहोस् । यसपछि स्वासलाई भित्र तानेर जिब्रो बाहिर निकाल्नुहोस् र फेरी स्वास छोड्दै सिंहले जस्तै गर्जन थाल्नुहोस् । घाँटीको मासुलाई तनाव दिनुहोस्। यो आसनको अभ्यास तीनचार पटकसम्म गर्नसक्नुहुन्छ ।

३. कपोल शक्ति विकासक

अनुहारमा निखार ल्याउन कपोल शक्ति विकासक क्रिया एकदमै राम्रो योग क्रिया हो । यो अभ्यासका लागि तपाई पद्मासन वा सुखासनमा बस्न सक्नुहुन्छ । आफ्नो दुबै हातको बुढी औंलाबाहेक आठओटा औंलाको अगाडिको भागलाई एकआपसमा मिलाएर दुबै बुढी औंलाले नाकको दुबै प्वाल बन्द गर्नुहोस् । त्यसपछि स्वास भित्र तान्नुहोस् । फेरी दुबै औंलाले नाकको प्वाल बन्द गर्नुहोस् र आफ्नो गाला फुलाउनुहोस् र आफ्नो क्षमता अनुसार स्वास रोकर विस्तारै स्वासलाई बाहिर निकाल्नुहोस् । यो अभ्यास कम्तिमा दिनमा २० पटक गर्नुहोस् ।

यी योगाभ्यास दैनिक गर्नुभयो भने लकडाउनको समयमा तपाईंको समय पनि सदुपयोग हुने र तपाईंको अनुहारको निखार र सौन्दर्यतामा पनि वृद्धि हुनेछ ।

The post अनुहारको निखार बढाउन गर्नुहोस् यी तीन योगाभ्यास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles