Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसरी बनाउनुहोस् घरेलु ह्याण्ड सेनिटाइजर

$
0
0


एजेन्सी, २१ चैत । कोरोना संक्रमणको समयमा यसबाट बच्ने एउटा उत्कृष्ट उपाय भनेको साबुन पानीले मिचिमिचि हात धुनु हो । यसले विभिन्न घातक जीवाणु फैलिनबाट जोगाउँछ । तर हरेक समय तपाई साबुन पानीको पहुँचमा हुनुहुन्न । यसकारण तपाईसँग एउटा ह्याण्ड सेनिटाइजर भयो भने तपाई कोरोनाबाट धेरै हदसम्म सुरक्षित रहनसक्नुहुन्छ ।

तर विश्वभरी स्वास्थ संकट चुलिएसँगै अहिले ह्याण्ड सेनिटाइजरको बजारमा अभाव छ । साथै कतै पाइन्छ भने पनि त्यसको मूल्य अस्वभाविकरुपमा बढाइएको छ । तर चिन्ता नलिनुहोस् तपाईले आफ्नो प्रयोगका लागि घरमा आफै पनि सेनिटाइजर बनाउन सक्नुहुन्छ ।

तर तपाईले सेनिटाजर बनाउन अघि आवश्यक पर्ने सामाग्रीलाई भने सही मात्रामा सहि समयमा मिलाउनु पर्छ अन्यथा तपाईको सेनिटाइजर बिग्रन सक्छ ।

ह्याण्ड सेनिटाइजर बनाउनका लागि दुई किसिमका रेसिपिहरु छन् । एउटा रेसिपिमा आवश्यक पर्ने पदार्थहरु तपाईकै घरभित्र पाउन सकिन्छ । आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि यो प्रभावकारी छ ।

अर्को रेसिपि भनेको केही जटिल छ । तर तपाईले यो लकडाउनको समयमा यी पदार्थहरु बजारबाट किनेर ल्याउन सक्नु भयो भने यो तयार गर्न एकदमै सजिलो छ । यस्ता पदार्थहरु तपाई आफ्नै घर नजिकका औषधी तथा रासायन ड्रग्स पसलमा पाउन सक्नुहुन्छ ।

यो होम मेड ह्याण्ड सेनिटाइजर बनाउन अघि तपाईलाई एल्कोहोलको आवश्यकता पर्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको अनुसार सेनिटाइजर बन्नका लागि ६० प्रतिशत एल्कोहोल हुन आवश्यक छ । तर ७५ प्रतिशतसम्म एल्कोहोल मिसाउनु भयो भने अझ राम्रो हुनेछ । ९९ प्रतिशत इसोप्रोपाएल अल्कोहोल प्रयोगका लागि राम्रो हुन्छ ।

ह्याण्ड सेनिटाइजरको पहिलो रेसिपि

पहिलो रेसिपि अन्तर्गत तपाईलाई इसोप्रोपाएल अल्कोहोल, एलोभेरा जेल र टि ट्री तेलको आवश्यकता पर्छ ।

तपाईसँग यी रेसिपि छन् भने सबैभन्दा पहिले एक भाग एलोभेरा जेलमा तीन भाग इसोप्रोपाएल एल्कोहोल मिसाउनुहोस् र त्यसमा टि ट्री ओयलको केही थोपा राखिदिनुहोस् यसले मिठो बासना दिनेछ ।

ह्याण्ड सेनिटाइजरको दोस्रो स्प्रे रेसिपि

यो दोस्रो किसिमको रेसिपिमा तपाईलाई धेरै पदार्थ आवश्यक पर्छ । यो तयार गर्न तपाईसँग इसोप्रोपाएल अल्कोहोल, ग्लिसिरिन, हाइड्रोजन पेरोक्साइड, डिस्टिल्ड वाटर अर्थात् बाफबाट बनेको पानी र एउटा स्प्रे बोतलको आवश्यकता पर्छ । यसमा एलोभेरा मिसाउँदा राम्रो हुन्छ तर यसले छालामा टासिएर बस्ने हुँदा यसलाई प्रयोग नगर्न पनि सकिन्छ ।

यसलाई तयार गर्न सबैभन्दा पहिलो १२ आउन्स एक आउन्समा २८.३ ग्राम तौल हुन्छ, अल्कोहोलमा दुई टिस्पोन ग्लिसिरिन मिसाउनुहोस् । ग्लिसिरिनले अल्कोहोलको कारणले सुख्खा हुने हातलाई नरम बनाएर राख्न मद्दत गर्छ । तर यदि तपाईले ग्लिसिरिन पाउन सक्नु भएन भने तपाईसँग अन्य पदार्थ पनि साथमा हुनेछ ।

त्यो मिसाइएको पदार्थमा एक टेबलस्पोन हाइड्रोजन पेरोक्साइड मिसाउनुहोस् । त्यसमा पुन तीन आउन्स डिस्टिल्ड वा तताएर सेलाको पानी मिसाउनुहोस् ।

त्यसपश्चात यो सोलुसनलाई स्प्रे बोतलमा राख्नुहोस् । यो कुनै जेल होइन स्प्रे हुनेछ । पेपर, वा रुमाललाई भिजाएर तपाई यसले हात मुख पुस्न सक्नुहुन्छ ।

यसमा मिठो बासनादार बनाउन यसमा कुनै तेल पनि मिसाउन सक्नुहुन्छ ।

The post यसरी बनाउनुहोस् घरेलु ह्याण्ड सेनिटाइजर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles