Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२५ देखि ५० प्रतिशतसम्म संक्रमितमा लक्षण नदेखिने नयाँ अनुसन्धानको खुलासा

$
0
0

एजेन्सी, २० चैत । कोरोना भाइरससम्बन्धि सार्वजनिक भईरहेका नयाँ तथ्यांकहरुले लक्षण नदेखिएका मानिसहरुले नै धेरै संक्रमण फैलाईरहेको देखाएको छ ।

आइसल्याण्डबाट आएको नयाँ तथ्यांकअनुसार ५० प्रतिशत पोजेटिभ परीक्षण भएका कोरोना संक्रमितहरुमा कुनै पनि लक्षण देखिएको थिएन ।

यस्तै अमेरिकामा पनि २५ प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिएको अमेरिकास्थ्ति रोग नियन्त्तण तथा रोकथाम केन्द्रका निर्देशक भन्छन् ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या २ लाख नाघिसकेको छ । यसमध्ये झण्डै चार हजारजनाको मृत्यु भइसकेको छ ।
यसको प्रसारलाई रोक्न अमेरिकास्थित स्वास्थ विज्ञहरुले फेसमास्कको प्रयोगमा जोड दिएका छन् ।

The post २५ देखि ५० प्रतिशतसम्म संक्रमितमा लक्षण नदेखिने नयाँ अनुसन्धानको खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images