काठमाडौं, २१ चैत । नेपालमा कोरोना संक्रमितको संख्या एक थपिएको छ । विहीबार काठमाडौंमा कोरोनाको छैटौं संक्रमित फेला परे लगत्तै शुक्रबार कास्कीमा अर्का एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । कोरोनाका साताैं संक्रमित भारतबाट फर्किएका व्यक्ति भएको बताइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । कास्कीमा स्थापित प्रयोगशालामा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।
नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु सबै विदेशबाट आएका हुन् ।
The post पोखरामा पनि एकजनालाई देखियो ‘कोरोना पोजेटिभ’ appeared first on Sajha Post.