Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाको दुश्प्रभावः चीनमा उपचारमा संलग्न ५० प्रतिशत चिकित्सक डिप्रेशनमा, अमेरिकामा थेरापी सुरु

$
0
0


न्यूयोर्क, १६ चैत । कोरोना भाइरसको महामारीविरुद्धको लडाईका प्रमुख सिपाहीहरु हुन् डाक्टरहरु । डाक्टर उपलब्ध छैनन् भन्नासाथ हामीलाई छुट्टै डर सुरु हुन्छ ।

यही महत्वलाई बुझ्दै संसारभरका लाखौं स्वास्थ्यकर्मीहरु अहिले कोरोनाविरुद्धको लडाईमा स्वास्थ्य संस्थाहरुमा खटिरहेका छन् । तपाईं सुरक्षितरुपमा घरमा हुनुहुन्छ, तैपनि आत्तिनु भएको छ । दिनमा १८ घण्टासम्म अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरुको अवस्था कस्तो होला ? तपाई कल्पना गर्न सक्नुहुन्छ ।

चीनमा चिकित्सकहरुले कोरोना उत्कर्षमा पुगेको बेला २०-२० घण्टासम्म दिनमा काम गरेका थिए । चीनको ३९ अस्पतालमा १२५७ चिकित्सक र स्वास्थ्यकर्मीसँग गरिएको सर्वेबाट थाहा भयो कि ५० प्रतिशत उनीहरुमा डिप्रेसन, ४५ प्रतिशतमा छटपटी, ३४ प्रतिशतमा अनिद्रा र ७१ प्रतिशतमा मनोवैज्ञानिक पीडाको शिकार भएका रहेछन् ।

महिला र नर्समा यसको असर अत्यधिक देखियो । २००३ मा सार्सको क्रममा चिकित्सकहरुलाई आफ्नो कारण परिवारमा पनि रोग फैलन्छ कि भन्ने डर थियो ।

पछिल्लो समय चिकित्सक यी तनावहरुबाट गुज्रिइरहेका छन् । यस्तो अवस्थामा तनाव कम गर्न कुकुरसँगको संगत सहयोगी हुने अनुसन्धानले देखाएको छ । अमेरिकाको कोलोराडोको डेनवर शहरको मेडिकल सेन्टरमा यस्तै एउटा थेरापी डग ब्यान पछिल्ला दिनहरुमा चर्चामा छ । कुकुरसँगको संगतले तत्काल तनाव भुलिने त्यहाँका चिकित्सकहरुले बताएका छन् । अमेरिकामा ५० हजारभन्दा धेरै थेरापी कुकुरहरु छन् ।

नर्वे र ब्राजिलजस्ता देशहरुमा थेरापी डगको प्रयोग गरिँदै आइएको छ । अमेरिकामा मात्र ५० हजारभन्दा धेरै कुकुरहरु यही प्रयोजनका लागि छन् ।

The post कोरोनाको दुश्प्रभावः चीनमा उपचारमा संलग्न ५० प्रतिशत चिकित्सक डिप्रेशनमा, अमेरिकामा थेरापी सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles