Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाको समयमा यौन सम्बन्ध बनाउन कति ठिक

$
0
0


एजेन्सी, १५ चैत । कोरोना भाइरसको कारण अहिले विश्वभरी नै सामाजिक दूरी र सेल्फ आईसोलेसनको नारा अघि सारिएको छ । यसबीच हाम्रो जीवनको एउटा अत्यावश्यक पाटो यौन जीवनमा यसले पार्ने प्रभावबारे सबैलाई जिज्ञासा हुनसक्छ ।

केही मानिसहरु यो संक्रमणबीच यौन सम्बन्ध राख्दा कस्तो असर पर्ला भनेर प्रश्न पनि गर्छन् । तर वैज्ञानिकहरुले कोभिड-१९ यौन सम्बन्धको माध्यमबाट सर्ने कुरामा कुनै प्रमाण हालसम्म फेला नपरेको बताउँछन् ।

तर हामीलाई यो राम्ररी थाहा छ कि कोभिड-१९ को भाइरस कुनै पनि व्यक्तिको नजिक पर्दा पनि सर्ने गर्छ । कोरोना भाइरसको संक्रमणको समयमा बेलायत सरकारले यौन सम्बन्धलाई लिएर एडभाइजरी नै जारी गरेको थियो ।

उक्त एडभाइजरीमा सरकारले कुनै एक पार्टनरलाई पनि कोरोना संक्रमण देखिएको छैन भने सामान्य यौन जिवनमा फर्किनलाई कुनै रुकावट नहुने बताउँछन् । कर कुनै एकलाई त्यस्तो संक्रमणको आशंका मात्र भए पनि दूरी कायम गर्न सल्लाह दिइएको छ ।

तर स्वास्थकर्मीहरु आफ्नो घर वा नियमित पार्टनर बाहेक यो अवस्थामा बाहिरका व्यक्तिसँग यौनसम्बन्ध बनाउन नहुने सुझाव दिन्छन् । न्यूयोर्कको पब्लिक ह्याल्थ डिपार्टमेन्टका अधिकारीहहरुले यौन गतिविधिलाई लिएर नयाँ गाइडलाइन नै जारी गरेका छन् ।

यसकराण यदि तपाई सिंगल हुनुहुन्छ भने ठिक छ तर डेटिङको तयारी गर्दै हुनुहन्छ भने केही समयका लागि यसलाई पछि सार्नुहोस् ।

The post कोरोनाको समयमा यौन सम्बन्ध बनाउन कति ठिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles