बेइजिङ, १४ चैत । विश्वव्यापी महामारी बनेको कोरोनाको उद्गमस्थल बनेको चीनले यो समस्यालाई धेरै हदसम्म नियन्त्रणमा लिइसकेको छ ।
समस्याको उत्कर्षमा रहेको बेला चीनले आफ्नो सम्पूर्ण क्षमता कोरोना नियन्त्रण तथा रोकथाममा लगाउन सक्यो । चीनले कोरोना रोकथाम र नियन्त्रणमा धेरै प्रविधि र नयाँ अभ्यासहरुको विकास गरिसकेको छ ।
तस्बिरमा देखिएका चिकित्सकहरु चीनका बिरामीहरुलाई अनलाइनमार्फत् परामर्श दिइरहेका छन् । यसरी परामर्श दिँदा बिरामीले घरबाटै सेवा पनि पाउने र कोरोना संक्रमण नियन्त्रणमा पनि महत्वपूर्ण योगदान पुग्ने अवस्थाको सिर्जना भइरहेको छ ।
तस्बिरमा देखिएकी डा. सु सियिङ फोनमा बिरामीसँग कुरा गरिरहेकी छिन् । जेडी डट कमको मुख्या बेइजिङमा रहेकी उनले दिनमा सयौं बिरामीहरुलाई परामर्श दिने गरेकी छिन् । उच्च तहको सूचना प्रविधिको प्रयोगमार्फत् बिरामीलाई परामर्श दिन चीनमा अहिले उनीसहित ३०० चिकित्सकहरु लागि परिरहेका छन् ।
यो सेवा चिनियाँ इकमर्स संस्था जेडि डट कमले सञ्चालनमा ल्याएको हो । यो एउटा विशाल र चर्चिच स्वास्थ्य परामर्श दिने संस्था बनेको छ । कोरोना भाइरसको सुरुवात भएपछि यो सेवाको माग उत्कर्षमा पुग्यो ।
जनवरीमा सुरु भएको कोरोनाको संक्रमणपछि यो संस्थाले लाखौं मानिसलाई अनलाइन सेवा दिइसकेको छ ।
तस्बिरः मार्क सिन्फेल्बिइन/एपी
The post लाखौं बिरामीलाई अनलाइन परामर्श सेवा दिँदै चिनियाँ चिकित्सकहरु appeared first on Sajha Post.