Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एउटै व्यक्तिलाई दोहोरिएर कोरोना संक्रमण हुन्छ ?

$
0
0

एजेन्सी, १४ चैत । कुनै पनि संक्रमणबाट एकपटक निको भईसपछि शरीरमा त्यस विरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसकारण अर्कोपटक तत्काल त्यहीँ रोगबाट व्यक्ति संक्रमित हुँदैनन् ।

तर कोरोना भाइरसको कारण संक्रमण हुने कोभिड १९ बाट निको भईसकेका कति संक्रमितहरुमा पुनः यो संक्रमण पोजिटिभ देखिएको छ । ७० वर्षको एक व्यक्तिको केसले चिकित्सकहरुलाई पनि अलमल्ल बनाएको छ ।

ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएपछि फेब्रुअरीमा उनलाई टोकियोस्थित एक अस्पतालमा उपचारार्थ आईसोलेसनमा राखिएको थियो । जापानको समाचार च्यानल एनएचकेको अनुसार ती व्यक्ति उक्त संक्रमणबाट पूर्णरुपमा ठिक भईसकेका थिए र उनको मेडिकल परीक्षण पनि नोगेटिभ देखिएको र अस्पतालबाट उनले विदा पाएका थिए ।

सामान्य दैनिकीमा फर्किसकेका ती व्यक्तिको स्वास्थ्य एकाएक बिग्रन थाल्यो र मेडिकल परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण भएको देखियो ।

कोभिड १९ बाट दोहोरिएर संक्रमित भएको जापानको यो पहिलो मामिला होइन । यहाँ यस्ता धेरै मामिलाहरु सामुन्ने आईसकेका छन् ।

लुई एखुआनेसले स्पेनिश नेश्नल सेन्टर अफ बायोटेक्नोलोजी सीएसआईसीमा भाइरसमाथि एक शोध गरेका थिए । उनी यो रोगले दोहोरिएर एउटै व्याक्तिलाई संक्रमण गरेको १४ प्रतिशत मामिलाहरु रहेको बताउँछन् ।

एखुआनेसको अनुसार यी भाइरसहरुले एउटै व्यक्तिको शरीरमा पुनः संक्रमण गरेका होइन । उनी यो भाइरसले उक्त व्यक्तिको शरीरमा पुनः आफूलाई बढाईरहेको बताउँछन् । यसलाई विज्ञानको भाषामा ‘बाउन्सिङ ब्याक’ भनिन्छ ।

एखुआनेस भन्छन्, ‘मलाई लाग्छ यो संक्रमणबाट ठिक भईसकेपछि मानिसको शरीरमा यो रोगविरुद्धको प्रतिरोधी क्षमता बढेको हुँदैन । जब व्यक्तिको रोगप्रतिरोधी खस्किन थाल्छ तब पहिले नै शरीरमा उपस्थित यी भाइरसहरु शरीरमा पुनः हमला गर्न थाल्छन् ।’

केही भाइरसहरु मानिसको शरीरको भित्र तीन महिना वा त्योभन्दा धेरै समयसम्म रहनसक्छ ।

एखुआनेस भन्छन्, ‘हामी संक्रमणको परिणाम नेगोटिभ आएपछि त्यो ती भाइरसहरु हराएको ठान्छौं तर कहिलेकाँही यस्ता भाइरसहरु शरीरको यस्तो तन्तुमा लुकेर बस्छन् जहाँ हाम्रो रोगप्रतिरोधी क्षमताले काम गर्नसक्दैन ।

कोभिड १९ को बारेमा अहिले वैज्ञानिकले उठाईरहेको तनावको विषय भनेको यसको संक्रमण निको भईसकेपछि दोहोरिएर संक्रमण हँदासम्मको छोटो समय हो ।

यस्ता धेरै भाइरसहरु छन् जसको विरुद्ध एन्टीडट भ्याक्सिनले पनि लामो समयसम्म राम्रो काम गर्न सक्दैन । यसरकारण नियमितरुपमा भ्याक्सिनको डोज बढाउनुलाई उपयुक्त मानिन्छ ।

कोभिड १९ एउटा नयाँ भाइरस हो र वैज्ञानिकहरु अहिले यसको बानी व्यहोरा बुझ्ने कोसिसमा छन् । उनीहरु अहिले कोरोना भाइरस कसरी यति छिटो फर्केर आउँछ भन्ने कुरा बुझ्न प्रयासरत छन् ।

एउटा संक्रमण निको भएर पुनः त्यहीँ व्यक्तिको शरीरमा फर्कनु नयाँ कुरा होइन तर कोभिड १९ को मामिलामा यो निकै छोटो समयमा भईरहेको हेल्थ इंस्टिच्यूटमा शोधकर्ताको रुपमा काम गरिरहेका म्याड्रिड के कार्लोस भन्छन् ।

एक वर्ष वा दुई वर्षमा यो भाइरस फेरी महामारीको रुपमा आयो भने यसले पुनः तपाईंलाई संक्रमण गर्नसक्ने मार्टिनेज बताउँछन् ।

‘तर सामान्यतय एउटा भाइरसलाई जितेर निको भईसकेको व्यक्तिमा पुनः त्यहीँ संक्रमण देखापर्दैन । सिजनल फ्लु जस्ता भाइरसको मामिलामा जस्तो यी भाइरसले आफ्नो रुप बदलिरहदैनन्,’ मार्टिनेजले भने ।

जसलाई यो संक्रमण दोहोरिएर भयो ती व्यक्ति पूर्णरुपमा ठिक नभएको हुनसक्ने कुरामा र्मािर्टनेज एखुआनेसको कुरासँग सहमत छन् । तर दुवै वैज्ञानिक कोरोनाको यो व्यवहारलाई जान्न थप शोध तथा अनुसन्धानहरु हुनुपर्ने बताउँछन् ।

पेन अमेरिकन हेल्थ अर्गनाइजेसन पीएएचओको अनुसार दोहोरिएर कोरोनाबाट हुने संक्रमणको विषयमा केही भन्ने अहिले अवस्था नै छैन ।

The post एउटै व्यक्तिलाई दोहोरिएर कोरोना संक्रमण हुन्छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles