Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अफिनका सदस्य स्वास्थ्य सेवा प्रदायकहरुले उपचारमा २० प्रतिशत छुट दिने

$
0
0

काठमाडौं, १७ चैत । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का सदस्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले २०७६ चैत्र मसान्तसम्म सम्पूर्ण स्वास्थ्य सेवाहरुमा २० प्रतिशत छूट दिने भएको छ ।

अफिनका अध्यक्ष तथा नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीका अनुसार वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै देशभरि रहेका निजी क्षेत्रद्वारा सञ्चालित अफिनका सम्पूर्ण सदस्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले आजबाट लागू हुने गरी २०७६ चैत्र मसान्तसम्म आफूले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरुमा २० प्रतिशत छूट दिने व्यवस्था मिलाइएको हो ।

उक्त छूट अस्पतालले पनि खरीद गर्नु पर्ने औषधी, इम्प्लान्ट्स् र कन्ज्युमेबल्समा भने लागू नहुने अध्यक्ष चौधरीले जानकारी दिए ।

The post अफिनका सदस्य स्वास्थ्य सेवा प्रदायकहरुले उपचारमा २० प्रतिशत छुट दिने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles