Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जुनै उमेरमा पनि मुटुमा आर्टलरी ब्लकेजको खतरा, यस्ता छन् लक्षण

$
0
0

एजेन्सी । अनियमित जीवनशैली, अस्वस्थ्यकर खानपान र शारीरिक अभ्यासको कमि लगायत अन्य धेरै कारणले अहिले विश्वमा नै मुटु रोगीहरुको संख्या उच्च दरले बढिरहेको छ ।

मुटुको मांसपेशी जिवित हुन्छन् र जिउनका लागि यसलाई आहारा र अक्सीजनको आवश्यकता पर्छ । यदि मुटुको एउटा वा ज्यादा आर्टलरीमा अवरोध उत्पन्न भयो भने मांसपेशीलाई आहारा मिल्नसक्दैन । यस्तो अवस्थामा ह्दयघात हुनसक्छ । यस्तो अवस्थालाई चिकित्साको भाषामा आर्टलरी ब्लकेज भनिन्छ ।

यदि कोही व्यक्ति लामो समयसम्म आफ्नो खानपान र दिनचर्याको मामिलामा लापरवाही गर्छ भने उसको ह्दयको रक्तवाही नलीमा घातक कोलेस्ट्रोल एलडीएल ‘लीपोप्रोटिन डिपोजिट कोलेस्ट्रोल’ जमेर बस्छ । सामान्य अवस्थामा धड्कनसँगै मुटुले रगतसँगै अक्सिजन र आहारा प्रवाह गर्छ । तर आर्टलरीमा अवरोध उत्पन्न भयो भने मुटुको कार्यक्षमता कम हुन्छ र यसबाट उत्पन्न भएको रक्त प्रवाह गतिरोधले मस्तिष्कमा अक्सिजनयुक्त रगत पुर्याउन दिँदैन जसले ह्दयघातको खतरा बढाउँछ ।

आर्टलरीमा अवरोध उत्पन्न भएको अवस्थामा निम्न केही लक्षणहरु देखा पर्छन् ।

१. छातीको देब्रे भागमा हलुका वा तेज पीडा हुन्छ, कहिले कहीँ यस्तो पीडा काँध, हात वा दाँतहरुसम्म पुग्छ ।

२. अवरोधको कारणले शरीरका सबै भागहरुमा अक्सीजनयुक्त रगत पुग्न सक्दैन । यसले गर्दा स्वास लिन गाह्रो हुन्छ, निस्सासिने, बैचेनी बढ्ने, अनावश्यक थकान र कमजोरी हुने ।

३. बोली लरखराउने, आखाँमा अध्याँरो छाउने, पसिना आउने, हात खुट्टा चिसो हुने आदी प्रमुख लक्षण हुन् ।

सामान्यतयः आर्टलरी ब्लकेज भएको आशंका हुँदा एंजियोग्राफीको माध्यमबाट अवरोध पत्ता लगाउन सकिन्छ । यदि अवरोध हलुका २० देखि ४५ प्रतिशतसम्म भएको हो भने त्यसलाई औषधीको माध्यबाट निको पार्न सकिन्छ । तर यदि गम्भिर ८० देखि ९० प्रतिशतसम्म भएको हो भने त्यसलाई एंजियोप्लास्टीको माध्यमद्वारा उपचार गरिन्छ । बेट्रीबाट सञ्चालित सानो यन्त्र पेसमेकर पनि आर्टलरी ब्लकेजको समस्यामा असल साबित हुनसक्छ । यसलाई अपरेशनद्वारा मुटुको नजिक फिट गरिन्छ । यसबाट निस्कने तरंगले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । धेरै गम्भिर अवस्थामा बायपास सर्जरी पनि गरिन्छ ।

आधुनिक उपचार विधिको अलावा यसको घरेलु उपचार पनि सम्भव छ । प्रत्येक दिन बिहान ३ देखि ४ किलोमिटरसम्म हिडँडुल गर्नुपर्छ । विहान लहसुनको एक टुक्रा सेवन गर्दा कोलेस्ट्रोल कम हुन्छ । बैगुनको सब्जीले पनि कोलेस्ट्रोल कम गर्छ । प्याज र प्याजको रसको सेवनले ह्दयको गतिलाई नियन्त्रणमा राख्छ । ह्दयरोगीले प्रत्येक दिन हरियो सब्जी, लौका, पालक, बेथु, मेथीजस्ता सब्जी सेवन गर्दा असल हुन्छ ।

घिउ, दही, दुध र तेलयुक्त खाना सेवन गर्नबाट बच्नुपर्छ । अदुवा वा त्यसको रसले पनि रगतको थेग्ला बन्न रोक्छ र यो पनि सहयोगी हुन्छ । मध्यपान र धुम्रपानबाट बच्नुपर्छ ।

The post जुनै उमेरमा पनि मुटुमा आर्टलरी ब्लकेजको खतरा, यस्ता छन् लक्षण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles