प्यारासिटामोल एक दुःखाई कम गराउने औषधि हो । तर, यसको सेवनबाट फाइदा भन्दा नोक्सान बढी हुन्छ । अझ लामो समयसम्म यसको सेवन गर्दा स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुनसक्छ ।
सामान्य टाउको दुखाई हुनासाथ हामी पारासिटामोल खान्छौं । घरमै औषधि सेवन गर्नु सजिलो, सस्तो र समयको बचत गर्ने उपचार हो । तर, यही बानी स्थायी आदतमा बदलियो भने यसले शरीरमा कयौं प्रकारका रोगहरु जन्माउँछ ।
प्यारासिटामोल औपधि पसलहरुमा सजिलै उपलब्ध हुन्छ र यसलाई चिकित्सकको अनुमतिबिना किनबेच गर्ने गरिन्छ । यदि तपाईं पनि सामान्य टाउको दुःखाई वा ज्वरो आउनासाथ यो औषधि सेवन गर्नुहुन्छ भने सचेत हुन जरुरी छ । किनकी यसको अधिक प्रयोगले शरीरका कयौं अंगहरुलाई नोक्सान पुर्याउँछ ।
कलेजोमा असर
तपाईं आफैंले पनि प्यारासिटामोलको खोलमा ‘अधिकतम् प्यारासिटामोल सेवनबाट कलेजोमा क्षति पुग्न सक्छ’ लेखेको देख्नुभएको होला । चिकित्सकहरुका अनुसार एक व्यक्तिले एक दिनमा ३ ग्रामभन्दा बढी प्यारासिटामोल सेवन गर्नु हुँदैन । यदि खानै पर्यो भने चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । कलेजोले काम नगर्नेसम्मको समस्याबाट बच्न यसमा ध्यान दिनै पर्छ ।
गर्भवती र बच्चालाई असर
बिना जाँचबुझ गर्भवती महिलाले यसलाई सेवन गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा हानी पुग्छ । बच्चाको त वृद्धि प्रक्रियामै रुकावट आउन सक्छ । यसर्थ, गर्भवती आमाले बिना जाँचबुझ प्यारासिटामोल सेवन गर्नु हुँदैन ।
मृगौलामा असर
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताहरुका अनुसार आस्टियोआर्थराइटिस एवम् ढाड दुख्नाई कम पनि कतिपय मानिस प्यारासिटामोल खान्छन् । यसले किड्नीमा असर पार्दछ भन्ने बारे कम मात्रै सचेत देखिन्छन् ।
पेटमा वायू र छालामा एलर्जी
कयौं घटनामा प्यारासिटामोल बढी सेवन गर्दा पेटमा ग्यास अर्थात् वायू बढ्ने देखिएको छ । यदि तपाईंलाई अपच वा पेटमा समस्या छ भने प्यारासिटामोल बढी सेवन गरेको कारण पनि यस्तो हुन सक्छ । यसका साथै केही मानिसहरुमा प्यारासिटामोलको अधिकतम् सेवनका कारण छालामा एलर्जी हुने र छाला रातो हुने समस्याका साथै दाद र छाला पोल्ने समस्या देखिने गरेको छ ।
दम र स्वासप्रश्वाससम्बन्धी समस्या
थोरै ज्वरो आउनासाथ हामी बच्चालाई प्यारासिटामोल दिन्छौं । तर कयौं सोधहरुले ६-७ वर्ष उमेरका बच्चाहरुलाई प्यारासिटामोल खुवाउँदा उनीहरुको शरीरमा दम र स्वासप्रश्वासजन्य समस्याहरु बढ्ने पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई १०१.३ °F ज्वरो आएपछि मात्र सिटामोल ख्वाउ पर्छ ।
कमजोरी
यसका साथै धेरै प्यारासिटामोलको सेवनको कारण शरीर कमजोर हुने समस्या पनि देखिन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।
The post प्यारासिटामोल यसकारण हुनसक्छ खतरनाक, के हुन्छ ? appeared first on Sajha Post.