Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘कन्ट्याक्ट लेन्स’प्रयोग गर्दै हुनुहुन्छ ? दृष्टि नै गुम्न सक्छ !

$
0
0

यदि तपाई कन्ट्याक्ट लेन्सलाई दोहोर्‍याएर प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । बेलायतमा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मानिसमा यस्तो संक्रमण देखिएको छ जसले गर्दा मानिस दृष्टिविहिन पनि हुनसक्छ । ‘एकान्थामोइवा केराइटिस’ नामको संक्रमणको कारण आखाँको कोर्नियामा पीडा र जलन हुन्छ ।

यो संक्रमण सूक्ष्मजीवका कारण फैलिन्छ ।

यसबाट पूर्णरुपमा संक्रमित हुने मानिसको दृष्टि क्षमतामा २५ प्रतिशत कम हुन्छ र उ पूर्णरुपमा दृष्टिविहिन पनि हुनसक्छ । यो बिमारीको उपचार सम्भव छ । यसबाट प्रभावित रहेका २५ प्रतिशत मानिसहरुले उपचारका लागि कोर्नियाको प्रत्यारोपण गर्नुपर्छ ।

शोधको दौरान यस्तो संक्रमणमा वृद्धि भैरहेको देखिएको थियो ।

वैज्ञानिकका अनुसार कन्ट्याक्ट लेन्सको लागि प्रयोग हुने घोलको कारण लेन्स दूषित हुन्छ । यसबाट बच्नका लागि हात राम्ररी धोएर सुकाएपछि मात्र लेन्स छुनुपर्छ ।

The post ‘कन्ट्याक्ट लेन्स’ प्रयोग गर्दै हुनुहुन्छ ? दृष्टि नै गुम्न सक्छ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles