Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनासँग लड्न ‘गोमुत्र’पार्टी, गाईको गहुँत ट्रम्पलाई पनि पठाइने

$
0
0

एजेन्सी, ३ चैत । सारा विश्वभर फैलिएको कोरोनाका कारण अमेरिकामा आपतकाल नै घोषणा गर्नुपरेको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण ६८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या २७१७ पुगेको छ ।

यसै क्रममा अखिल भारतीय हिन्दू महासभाका सदस्यहरूले कोरोना भाइरस रोक्नका लागि नयाँ तरिका अपनाएका छन् । हालै हिन्दू महासभाका सदस्यले कोभिड-१९ रोक्नका लागि ‘गोमुत्र’ (गाईको गहुँत) पार्टी आयोजना गरेका थिए ।

उक्त पार्टीबारे बलिउडका निर्देशक अनुराग कश्यपले रियाक्ट गरेका छन् । कश्यपले आफ्नो ट्विटर ह्वान्डलमा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा हिन्दू महासभाका सदस्यहरूले प्राणघातक कोरोना भाइरसबाट बच्न गाईको गहुँत उपयोगी हुने बताएका छन् ।

कश्यपले शेयर गरेको भिडियोमा हिन्दू महासभाका सदस्यले भनिरहेका छन्- ‘हामी सरकारसँग विमानस्थलमा शराबमाथि प्रतिबन्ध लगाउन र शराबको ठाउँमा गाईको गहुँत र गोबर राख्न माग गर्छौं ।

ट्रम्पलाई पनि गाईको गहुँत पठाउँदैछौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पठाइने छ । प्रधानमन्त्रीलाई पठाइने छ । प्रधानमन्त्री (मोदी) ले गहुँत पिउने पनि गर्छन् ।’

त्यस्तै कश्यपले भिडियोलाई शेयर गर्दै ‘राम्रो दिन’ भनेर क्याप्शन पनि राखेका छन् । उक्त भिडियोबारे अन्य मानिसले पनि कमेन्ट गरिरहेका छन् ।

सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरस भारतमा पनि फैलिएको छ । हालसम्म भारतमा ९३ नयाँ भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको ज्यान गइसकेको छ ।

गाईको गहुँत तथा गोबरमा झण्डै १४८ खाले रोगसँग लड्न सक्ने क्षमता भएको तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
गोमुत्र मुटुरोगका लागि पनि लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

रुसका वैज्ञानिकहरूले रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने पत्ता लगाएका छन् ।
अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिइसकेको छ ।

त्यस्तै भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

The post कोरोनासँग लड्न ‘गोमुत्र’ पार्टी, गाईको गहुँत ट्रम्पलाई पनि पठाइने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles