Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सस्तो लौकाको महंगा फाइदाहरु

$
0
0


गाउँघरमा किसानहरु दुःखेसो गर्छन् लौकाले बजार मूल्य पाएन । किसानले कौडीको मूल्यमा बेच्ने लौका बजारमा भने कहिले सस्तो त कहिले महंगैमा बिकिरहेको हुन्छ ।

उत्पादन, बजार र मूल्यको आफ्नै रामकहानी छन् । यही लौका मानव स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक हुन्छ ।

लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

त्यस्तै, लौका शक्तिबर्द्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।

लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धी सबै रोगका लागि लाभदायक मानिन्छ ।

The post सस्तो लौकाको महंगा फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles