कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुर्याउनुपर्ने सुझाव दिएको छ ।
उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखि ८० प्रतिशत मानिसहरु बसीबसी काम गर्ने वा बसेर बित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिट्टै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ ।
अध्ययनले बसेर काम गर्नेलाई ३० ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु भन्दै सुझाव दिएको छ । कर्मचारीलाई बसेर उभिएर काम गर्ने बाताबरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै बृद्धि हुने सुझाव दिएको छ ।
The post कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या बढी हुने appeared first on Sajha Post.