Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसकारण खानुहोस् गाजर

$
0
0

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा भर्खरै प्रकाशित यो एउटा रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।

बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए ।

जसबाट पत्ता लाग्यो कि जसले खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका थिए तिनीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो । तर एस्ट्रोजेन रिसेप्टर पोजेटिभ स्तन क्यान्सरलाई भने गाजरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको उनीहरुले बताए ।

यो बाहेक गाजरमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो बनाउन तथा रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । विटा– क्यारोटिनले गाजरमा चहकिलो रंग भर्ने तत्व हो ।

बेलायतमा मात्रै वर्षेनी ५८ हजार महिलामा स्तन क्यान्सर भेटिन्छ ।

The post यसकारण खानुहोस् गाजर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles