Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईंलाई यी समस्या छन् ? सोयाबिन नखानुहोस्

$
0
0

मानिसहरु मसल्स बनाउन र डाइडका लागि प्रोटिनयुक्त सोयाबिन प्रशस्त सेवन गर्छन् । तर एमिनो एसिड, कैल्शियम र फाइबर भरिपूर्ण सोयाबिन कतिपय मानिसहरुका लागि हानिकारक साबित हुनसक्छ ।

सोयाबिनले हाइपरटेन्शन र किड्नीको समस्या बढाउनसक्छ । डायटिशियन एवम् पोषण विज्ञ ज्योति शर्माको अनुसार सोयाबिनकाले हुने एलर्जीको गहुँको उत्पादक वस्तुबाट हुने एलर्जीको तुलनामा धेरै घातक हुन्छ ।

यसबाहेक शरीरको केही अवस्थामा सोयाबिनको सेवन घातक हुन्छ । यदि तपाईलाई कुनै पनि किसिमको मुटु सम्बन्धी रोग छ भने सोयाबिन खान छोड्नुहोस् । एउटा रिसर्चको अनुसार यसमा ट्रान्स फैट हुन्छ जुन मुटुको लागि हानिकारक हुन्छ । यसले हाइपरटेन्शन बढाउने काम गर्छ ।

डा शर्माको अनुसार सोयाबिनमा एमिनो एसिड हुन्छ जसले बच्चाहरुको सामान्य शारीरिक विकासमा अवरोध पुर्‍याउँछ । यसकारण गर्भावस्था भएका महिलाहरुले सोयाबिनको सेवन गर्नु हुँदैन ।

किड्नीको काम प्रोटिन फिल्टर गर्नुहुन्छ र सोयाबिनमा प्रशस्त प्रोटिन पाइन्छ । यदि तपाईमा किड्नी सम्बन्धि केही विमारी छ भने सोयाबिनको सेवन विष बन्न सक्छ ।

सोयाबिनमा पाइने एमिनो एसिडले हार्मोनलाई प्रभावित गर्छ । सोयाबिनले थाइराइडसँग जोडिएको थायराँक्सिन हार्मोनको उत्पादनमा उतार चढाव ल्याउँछ । यसले गर्दा थाइराइड बढ्छ । यस्तो अवस्थामा तपाई सोयाबिनबाट टाढा रहनुहोस् ।

The post तपाईंलाई यी समस्या छन् ? सोयाबिन नखानुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles