Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जिरा जसले तपाईंलाई सदावहार युवा बनाइराख्छ !

$
0
0

तरकारीमा दैनिक प्रयोग हुने जिरा स्वादबाहेक स्वास्थ्यको दृष्टिले पनि एकदमै लाभदायक हुन्छ । यसले धेरै प्रकारका रोगहरुबाट छुटकारा दिनुका साथै छालालाई पनि स्वस्थ राख्न सघाउँछ ।

जिरा मोटोपना कम गर्नका लागि अचुक औषधी हो । राती सुत्न अघि दुई चम्ची जिरालाई पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यसलाई उमालेर सेवन गर्नाले शरीरको बोसो कम हुन्छ ।

जिरा सेवन गर्नाले रक्त सञ्चार राम्रो हुन्छ । साथै यसले कोलेस्ट्रोल पनि कम गर्छ यो मुटुको लागि एकदमै लाभदायक छ ।

जिराले रोग प्रतिरोधात्मक क्षमतालाई पनि मजबूत बनाउँछ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ यसको सेवनले पेट सम्बन्धी सम्पूर्ण बिमारीहरुबाट छुटकारा दिलाउँछ ।

जिरामा भिटामिन इ पाइन्छ । यसले अनुहारमा चाउरी बस्न दिदैँन । अनुहार सधै पोटिलो राख्छ ।

आइरनको राम्रो स्रोत भएको कारण जिराको नियमित सेवनले शरीरमा रगतको कमि हुँदैन र एनिमियाजस्ता रोगको संक्रमण पनि हुँदैन ।

यदि तपाईको छाला चिलाउने समस्या छ भने जिरामा उमालेको पानीले शरीर नुहाउनुहोस् यसले तपाईको शरीरबाट चिलाउने समस्या खतम पार्छ ।

The post जिरा जसले तपाईंलाई सदावहार युवा बनाइराख्छ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles