Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

रक्तदान अघि अपनाउनुहोस् यी सावधानी र लिनुहोस् यस्ता फाइदा

$
0
0

रक्तदान आफैमा जीवनदान हो तर कहिलेकाँही सानो गडबढी वा हेलचेक्राईले गर्दा यो जीवन दिने सट्टा जीवन लिने कारक बन्छ । यदि तपाई रक्तदान गर्दै हुनुहुन्छ भने यी केही कुराहरुलाई ध्यानमा राख्नुहोस् जसले तपाईको रक्तदानलाई सुरक्षित बनाउँछ ।

रक्तदान गरेको २१ दिनमा पुनः रगत बन्छ ।

रक्तदान गरेको १२ घण्टासम्म कुनै गह्रुंगो वस्तुहरु उठाउनु हुँदैन । यो अवधीमा शरीरमा रक्तसंचार सामान्य हुँदैन ।

रक्तदान भन्दा ४८ घण्टा अगाडी मादक पदार्थ सेवन गर्नुहुँदैन ।

रक्तदान गरेपछि स्वस्थकर डाइट र झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।

एक पटकमा ४७१ एमएल भन्दा धेरै रगत निकाल्नु हुँदैन ।

कुनै पनि स्वस्थ र बलियो व्यक्तिले रक्तदान गर्नसक्छ । पुरुषले तीन महिनामा एक पटक तथा महिलाले ४ महिनामा एकपटक ।

महिलाले महिनावारी रोकिएको एक हप्ताभन्दा अघि वा महिनावारी हुने मितिभन्दा एक हप्ता अगाडी रक्तदान गर्नु हुँदैन ।

रक्तदान गर्दा रगत पाउने मानिसलाई मात्र फाइदा हुँदैन यसले दान गर्नेलाई पनि धेरै फाइदा पुर्‍याउछ । मानसिक सन्तुष्टिका साथै यसले शारीरिकरुपमा पनि धेरै फाइदाहरु दिन्छ ।

नियमित रक्तदान गर्नाले शरीरको तौल सन्तुलित रहन्छ । नियमित रक्तदान गर्नाले शरीरमा रगतको आवश्यक मात्रा मात्र रहन्छ जसले हृदय रोग को खतरालाई कम गर्छ । शरीरमा अत्यधिक रगतको निर्माणले अक्सीडेटिवको क्षति हुनसक्छ जसले चाडैं वृद्धावस्थामा लाने काम गर्छ । यसको अलावा यसले ह्दयघात, स्ट्रोक आदि को खतराबाट बचाउँछ ।

शरीरमा निर्माण हुने रगतको अत्यधिक मात्राको सीधा सम्बन्ध क्यान्सरसँग हुन्छ । रक्तदान गर्नाले शरीरमा स्वस्थ रगतको मात्रा कायम हुन्छ जसले गर्दा क्यान्सर हुने खतरा कम भएर जान्छ ।

The post रक्तदान अघि अपनाउनुहोस् यी सावधानी र लिनुहोस् यस्ता फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles