Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पेट फुलेर हैरान हुनुहुन्छ ? हुनसक्छ यस्तो समस्या (समाधानको उपायसहित)

$
0
0


बदलिँदो जीवनशैली, खानपानको गलत बानी, भागदौड जिन्दगीको बीच एउटा समस्या सामान्य भएको छ । त्यो हो पेट फुल्ने समस्या ।

सामान्यतः खाना खाएपछि पेट फुल्ने वा पेटमा जलन हुने समस्या हुन्छ भने यसलाई सामान्य समस्या सम्झिएर हेलचेक्र्याईं गर्नहुँदैन । यस्तो लक्षण ठूलै समस्याको संकेत पनि हुनसक्छ । यस्तो अवस्थामा समस्यालाई बेवास्ता गर्दा ठूलै मूल्य चुकाउनुपर्ने पनि हुनसक्छ ।

यसरी पेट फुल्दा तपाईंलाई असहज महसुस हुन्छ र आफ्नो नियमित काम गर्न पनि कठिनाई हुन्छ । किनकि तपाईंको दिमागमा पेटको असर त परिहाल्छ । कहिलेकाँही पेट फुल्नुलाई सामान्य नै मान्न सकिन्छ तर नियमति यस्तो हुन्छ भने चाहिँ पक्कै तपाईंलाई स्वास्थ्यसम्बन्धि कुनै समस्या छ ।

हाम्रो शरीरको पाचनप्रणालीमा रहेका मांशापेशीहरुको चालमा कुनै प्रकारको रुकावट आउँदा वा पेटमा चाहिनेभन्दा धेरै ग्यास बन्दा पेट फुल्छ । यसबाट पेट दुख्नुका साथै पेट कस्सिने समस्या पनि हुन्छ ।

पेट फुल्ने समस्या खराब खानपान, तनाव, औषधि आदिका कारणका सँगै प्रदूषणको कारण पनि हुनसक्छ । खानालाई राम्रोसँग चपाएर नखानाले, अत्यधिक चिल्लो र कार्बोहाइड्रेटवाला खाना खानाले पेटमा संक्रमण हुने र पेट फुल्ने समस्या देखिन सक्छ ।

यी रोगका कारण पनि पेट फुल्ने तथा जलन हुनसक्छ-
– पेट फुल्नुका साथै अचानक तौल कम हुन थाल्यो भने पेटमा ट्युमर पलाएको हुनसक्छ ।
– पेट फुल्नुका साथै अचानक तौल बढ्न थाल्यो भने कलेजोसँग जोडिएको रोगको संकेत हुनसक्छ ।
– पेट फुल्नुका साथै कब्जियतको समस्या पनि भयो वा दिसामा रगत देखियो भने यो कोलोन वा युट्रस क्यान्सरको संकेत पनि हुनसक्छ ।
– यदि पेट फुल्नुका साथै जन्डिस पनि भयो भने यो हेपाटाइटिस रोगको लक्षण हुनसक्छ ।
– पेट फुल्नुका साथै उल्टी आयो र मुखको छाला र जोर्नी दुखाई हुनथाल्यो भने यो कोलोनसँग जोडिएको समस्याको संकेत हुनसक्छ ।

२-३ हप्तासम्म यसो गर्नुहोस्
यदि तपाईंलाई पनि नियमित पेट फुल्ने समस्या छ भने फिटनेस विज्ञ र पोषणविद् ल्यूक कोटिन्होले एक यस्तो आयुर्वेदिक पेय पदार्थको बारेमा बताएका छन् जसले यो समस्या सहजै समाधान हुन्छ । उनका अनुसार यदि २-३ हप्तासम्म नियमति रुपमा यसलाई सेवन गर्दा पेट फुल्ने समस्या पूरै ठिक हुन्छ । यो पेय पदार्थ बनाउनको लागि तपाईंलाई चाहिन्छ इसबगोल, ऐबल साइडर भेनेगार र पानी ।

खाना खानुअघि के गर्ने ?
एक गिलास पानीमा एक चम्चा इसबगोल र २ चम्चा ऐपल साइडर भिनेगार मिलाउनुहोस् र राम्रोसँग घोल्नुहोस् । यसरी सजिलै पेयपदार्थ तयार हुन्छ । अब यसलाई ब्रेकफास्ट, लञ्च र डिनर गर्नुभन्दा २० देखि ३० मिनेट पहिला पिउनुहोस् । यसबाट छिट्टै तपाईंको समस्या टाढा हुनेछ ।

इसबगोलबाट बनेको यो पेय पदार्थले पेट फुल्ने समस्याका साथै पेटमा ग्यास बन्ने समस्या पनि टाढा हुनेछ । यसबाट पेटमा भारीपन महसुस पनि हुँदैन । यो हाम्रो स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ ।

The post पेट फुलेर हैरान हुनुहुन्छ ? हुनसक्छ यस्तो समस्या (समाधानको उपायसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles