काठमाडौं, ६ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप संसारभर फैलिएको छ र पछिल्लो अपडेटका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ७१ नाघेको छ ।
विश्व स्वास्थ्य संगठनले यस रोगको नाम कोविड-१९ राखेको छ । चीनमा कोरोना भाइरसबाट सोमबार मात्र ९८ जनाको मृत्यू भएको छ । यसको साथै कोरोनाबाट मृत्यू हुनेको संख्या १८६० पुगेको छ ।
कुन देशमा कति संक्रमित ?
सोमबारसम्म प्रत्येक देशको स्वास्थ्य विभागको रिपोर्टअनुसार संक्रमणको नयाँ तथ्यांक यसप्रकार छ-
चीन- ७०,५४८ जना संक्रमितमध्ये १,७७० जनाको मृत्यू
हङकङ- हङकङमा ५८ संक्रमितमध्ये १ जनाको मृत्यू
मकाउ- १० जना संक्रमित
जापान- ५१९ जना संक्रमित । यसमध्ये योकोहामामा एक क्रूज जहाजका ४५४ यात्रु पनि समावेश छन् । एक जनाको मृत्यू
सिंगापुर- ७७ संक्रमित
थाइल्याण्ड- ३५ संक्रमित
दक्षिण कोरिया- ३० संक्रमित ।
मलेसिया- २२ संक्रमित ।
ताइवान- २२ संक्रमित, १ को मृत्यू ।
भियतनाम- १६ संक्रमित ।
जर्मनी- १६ संक्रमित ।
अमेरिका- १५ संक्रमित, चीनमा एक अमेरिकी नागरिकको मृत्यू । अस्ट्रेलिया- १४ संक्रमित ।
फ्रान्स- १२ संक्रमित, १ को मृत्यू ।
बेलायत- ९ संक्रमित ।
संयुक्त अरब इमिरेट- ९ संक्रमित
क्यानडा- ८ संक्रमित ।
फिलिपिन्स- ३ संक्रमित, १ जनाको मृत्यू ।
भारत- ३ संक्रमित ।
इटली- ३ संक्रमित ।
रुस- २ संक्रमित ।
स्पेन- २ संक्रमित ।
बेल्जियम, नेपाल, श्रीलंका, स्वीडेन, कम्बोडिया, फिनल्याण्ड र मिश्र मा १-१ जना संक्रमित ।
The post विश्वभर कोरोना संक्रमितको संख्या ७१ हजार नाघ्यो, कुन देशमा कति ? appeared first on Sajha Post.