एजेन्सी, ६ फागुन । कयौं देशको संस्कृतिमा छोरालाई उठेर र छोरीलाई बसेर पिसाब गर्न सिकाइन्छ ।
तर अब कयौं देशका स्वास्थ्य विभागहरुले यस्तो व्यापक र स्वभाविक पिसाब फेर्ने अभ्यासप्रति प्रश्न उठाइरहेका छन् ।
पुरुषले पिसाब कसरी गर्नुपर्छ ?
पुरुषले पिसाब कसरी गर्नुपर्छ ? यो प्रश्न कयौंपटक स्वास्थ्य र सरसफाईलाई लिएर सोधियो भने यो समान अधिकारको पनि सवाल ।
त्यसो भए सही हुन् ? र, सबैभन्दा महत्वपूर्ण सवाल पुरुषका लागि कुन तरिका ठिक भन्ने हो ।
अधिकांश पुरुषका लागि उभिएर पिसाब गर्नुभन्दा सजिलो तरिका अरु कुनै छैन ।
यसरी काम छिटो हुन्छ र यो एकप्रकारले व्यवहारिक तरिका पनि हो । के तपाईंले कहिल्यै पुरुषको सार्वजनिक शौचालयको बाहिर लामो लाइन देख्नुभएको छ ?
वास्तवमा सायदै तपाईंले कहिल्यै त्यहाँ लाइन देख्नुभएको होला । पुरुष बाहिर जान्छन् र केहीसमयमै बाहिर निस्कन्छन् ।
तत्काल सकिने प्रक्रियाको पछाडि दुई कारण छन्-
पुरुष तुरुन्त पिसाब गर्न सक्छन् किनकी उनीहरुलाई यसको लागि सबै कपडा खोल्नुपर्दैन ।
किनकी पुरुषको युरिनल्स क्युबिकल्स वा सानो कक्षको तुलनामा कम ठाउँ मात्र ओगटिन्छ । यसका लागि पिसाब लाग्दा थोरै स्थानमै धेरैभन्दा धेरै पुरुषले पिसाब फेर्न सक्छन् ।
तर कयौं विशेषज्ञ पिसाब गर्ने समय शरीरको स्थिति कस्तो छ, यसका असर बाहिर निस्किएको पिसाबको मात्रा भर पर्छ ।
पिसाब गर्ने काम पछिको विज्ञान
पहिला हामी पिसाब कसरी गर्छौं भन्नेबारे केही जानकारी लिऔं । पिसाब मृगौलामा बन्छ । मृगौलाले हाम्रो रगतबाट काम नलाग्ने वस्तुलाई अलग गरिदिन्छ ।
उक्त पिसाब ब्लाडर वा एकप्रकारको थैलीमा जम्मा हुन्छ । यसैले हामी पटक पटक शौचालय गइरहनु पर्दैन । राति आरामसँग सुत्न सकिन्छ र दिनमा काम गर्न सकिन्छ ।
सामान्यतः ब्लाडरमा ३०० देखि ६०० मिलिलिटरसम्म पिसाब जम्मा हुन्छ । जब यसको दुई तिहाई भाग भरिन्छ तब हामीलाई पिसाब गर्न मन लाग्छ ।
ब्लाडरलाई पूर्णरुपमा खाली गर्नका लागि हाम्रो स्नायु प्रणाली पूर्णरुपमा ठिक हुन जरुरी हुन्छ । किनकि यही प्रणालीले कतिबेला शौचालय जाने वा नजिकै पिसाब गर्ने ठाउँ नहुँदा कतिबेलासम्म रोक्ने भनेर काम गर्छ ।
जब हामी पिसाब गर्नका लागि सुविधाजनक स्थितिमा पुग्छौं त्यतिबेला हाम्रो पेल्भिक फ्लोरको मांशापेशी र युरेथ्रालाई घेर्ने एकप्रकारको गोलो मांशापेशी फैलिन्छ ।
पुनः हाम्रो ब्लाडर संकुचन हुन्छ र पिसाबलाई युरेथ्रा अर्थात् मुत्रमार्गबाट खाली गरिदिन्छ । यसरी शरीरबाट पिसाब बाहिर आउँछ ।
बसेर ठिक कि उठेर ?
एक स्वस्थ मानिसलाई पिसाब गर्न बल प्रयोग गर्नु पर्दैन । तर कतिपय अवस्थामा केही पुरुषहरुलाई पिसाब गर्न अप्ठेरो हुने समस्याहरु देखिन्छ ।
प्लव वन नामक एक वैज्ञानिक प्रकाशनमा प्रकाशित एक अध्ययनको निष्कर्षले भन्छ- जुन पुरुषको प्रोस्टेट बढेको छ, उसका लागि बसेर पिसाब गर्न लाभदायक हुन सक्छ ।
उक्त अध्ययनमा स्वस्थ पुरुष र लोअर युरिनरी ट्र्याक्ट सिम्टम्स अर्थात् LUTS बाट प्रभावित पुरुषको बीच तुलना गरिएको थियो । LUTS लाई प्रोस्टेट सिन्ड्रोम पनि भनिन्छ ।
अध्ययनमा के पाइयो भने यस्तो लक्षण भेटिएका पुरुष यदि बसे भने उनीहरुको युरेथ्रल एरियाबाट दबाव कम हुनपुग्छ । यसबाट उनीहरुको पिसाब गरने प्रक्रिया सहज र छिटो हुनपुग्छ ।
तर स्वस्थ पुरुषमा भने उठेर वा बसेर जसरी पिसाब फेर्दा पनि कुनै फरक देखिएन ।
आफ्नो लागि सही निर्णय गर्नुहोस्
बेलायतमा नेशनल हेल्थ सर्भिस (एनएचएस) पिसाब फेर्न समस्या भोगिरहेका पुरुषहरुलाई सुझाव दिँदै भन्छ- पिसाब गर्नका लागि कुनै राम्रो ठाउँमा आरामसँग बस्नुहोस् ।
तपाईंले यस्तो पनि सुन्नु भएको होला कि बसेर पिसाब गर्नाले प्रोस्टेट क्यान्सर हुँदैन र पुरुषको यौन जीवन राम्रो हुन्छ ।
यी कुरा साँचो होइन । किनकि यसबारे कुनै प्रमाण छैन र कुनै अध्ययन पनि भएको छैन ।
पुरुषका कारण हुने समस्या
पुरुषले उभिएर पिसाब गर्दा पिसाब यता उता छरिने सम्भावना हुन्छ । यो सरसफाइका हिसाबले ठिक होइन ।
जुन ट्वाइलेटलाई अरु मानिसले पनि प्रयोग गर्छन्, त्यहाँ यसले गर्दा खराब अवस्था पैदा हुन्छ । त्यसैले, पुरुषले बसेर पिसाब फेर्नुपर्छ भन्ने कुरामा जोड दिन थालियो ।
सन् २०१२ मा स्वीडेनबाट यसको सुरुवात भएको पाइन्छ । जब एक स्थानीय नेता आफ्नो शहरको सार्वजनिक शौचालयको अवस्थाबाट त्रसित भए, उनले मानिसहरु सरसफाईमा ध्यान दिऊन् भन्ने सोचे । मानिसहरुलाई सार्वजनिक शौचालयमा जाँदा पनि कुनै अप्ठेरो नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।
त्यहाँबाट एउटा बहस सुरु भयो र अब कयौं युरोपेली देशहरु- जस्तो कि जर्मनीमा सार्वजनिक शौचालयलाई लिएर नयाँ नियम छ । त्यहाँ तपाईं ट्वाइलेटमा गएर उभिएर पिसाब फेर्न सक्नुहुन्न । तपाईं पुरुष नै भए पनि, बसेर पिसाब गर्नु पर्छ ।
केही स्थानमा उभिएर पिसाब गर्न नसक्ने भन्दै सूचना टाँसिएको हुन्छ । सूचनामा लेखिएको हुन्छ- यहाँ उभिएर पिसाब फेर्न मनाही छ । मगर जो पुरुष बैठकर पेशाब करते हैं, उन्हें वहां ‘सिट्ज़पिंकलर’ कहा जाता है और यह दर्शाया जाता है कि ऐसा करना मर्दाना व्यवहार नहीं है.
लोगों ने तो अपने घरों में भी ऐसे संकेत लगाना शुरू कर दिया है जिनमें पुरुष मेहमानों से बैठकर पेशाब करने की गुज़ारिश की जाती है.
२०१५ मा जर्मनीमा एक अदालती मुद्दा अधिक चर्चामा रहेका थिए । एक भवनका मालिकले आफ्नो बाथरुममा लगाइएको मार्बलको भुईंमा भएको नोक्सानको बदलतामा मुआब्जा मागेका थिए । घरमालिकको दावी थियो कि भाडामा बस्नेको पिसाबको फोहोराको कारण त्यहाँ नोक्सान पुगेको हो ।
तर न्यायाधीशले भाडामा बस्नेको पक्षमा फैसला सुनाइदिए । उनको तर्क थियो- पुरुषको लागि उभिएर पिसाब फेर्नु सही तरिका हो र भाडामा बस्नेले यसो गरेर केही गल्ती गरेनन् ।’
-बीबीसी हिन्दीबाट
The post पुरुषले बसेर पिसाब गर्नु ठिक कि उठेर ? appeared first on Sajha Post.