यदि तपाईँ पनि यही समूहमा पर्नु हुन्छ भने चिन्ता नगर्नुस् तपाइँको लागि खुसीको खबर छ । दैनिक केवल एक मिनेटको उच्च गतिको ब्यायामले पनि तपाइँलाई स्वस्थ र फिट राख्न मद्दत गर्छ ।
क्यानाडाको ‘मैकमास्टर यूनिभर्सिटी’ का बिशेषज्ञहरुले ब्यायामले शरीरमा पर्ने प्रभावको बिश्लेषण गरेर यो कुराको निचोड निकालेका छन् ।
अध्ययनका प्रमुख प्रोफेसर मार्टिनले उच्च गतिको ब्यायाम छोटो समयमा गर्नाले पनि सकाररात्मक प्रभाव देखाउने बताए ।
शोधकर्ताले यो नतिजा स्प्रीन्ट इन्टरनल ट्रेनिङ र मोडेरेट इन्टेन्सीटी कन्टीन्यूज ट्रेनिङको तुलना गरेर निकालेका छन् ।
अध्ययनमा २०–२० मिनेटको ३ चरणको ब्यायाम र ४५ मिनेटको लगातार गरिने ब्यायाम प्रभावकारी हुने पाइएको थियो । तर समय अभाव हुनेहरुको हकमा भने केवल १ मिनेटको उच्च गतिको ब्यायाम पनि शरीरका लागि लाभदायक हुने देखियो ।
The post तपाईंलाई थाहा छ स्वस्थ रहने एक मिनेटको व्यायामबारे appeared first on Sajha Post.